images
images
  • चुनावमा भाग लिदैनौँ भनेर कुनै दलले भनेका छैनन् : आयुक्त भण्डारी

    काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कुनै पनि दलले सहभागी नहुने भनेर नभएको बताएका छन् ।

    उनका अनुसार आयोगले दलहरूसँग हालै गरेको छलफलमा सबैले शान्ति–सुरक्षाप्रति चिन्ता व्यक्त गरेका थिए ।

    भण्डारीका अनुसार दलहरूले प्रहरीका हतियार र पोशाक लुटिएको कारण निर्वाचन शान्तिपूर्ण हुनेमा आशंका प्रकट गरेका छन् ।

    “प्रहरीलाई बस्ने ठाउँसमेत छैन भने शान्ति–सुरक्षाविना निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न गरेका छन्,” उनले भने, “तर सरकारले आवश्यक सुरक्षा तयारी गरिरहेको हामीले स्पष्ट पारेका छौँ ।”

    उनका अनुसार आयोग अहिले निर्वाचन तयारीमा जुटेको छ ।

    “मतदाता नामावली संकलन जारी छ र कर्मचारी व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो,” उनले बताए ।

    भण्डारीले मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले बजेट निर्माणमा छलफल भइरहेको पनि जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images