images
images
  • स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो किन ?

    काठमाडौं– अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ ।

    ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार नेपालविरुद्ध उजुरी परेपछि उनलाई बोलाइएको हो ।

    “अनर्गल अभिव्यक्तिबारे उजुरी परेको छ, तिहारपछि आउने भन्नुभएको छ,” अवस्थीले बताए ।

    नेपालले पनि भिडियोमार्फत आफूलाई ब्युरोले सम्पर्क गरेको पुष्टि गरेका छन् ।

    उनले तिहारपछि उपस्थित हुने जानकारी गराएको बताए ।

    उनका अनुसार, पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीमाथि उठाएका प्रश्नकै कारण उजुरी गरिएको हो ।

    “प्रधानन्यायाधीश राष्ट्रपतिभन्दा पनि उच्च नैतिक पद हो, तर उहाँले नैतिक उदाहरण तोड्नुभयो,” उनले भिडियोमा भने ।

    प्रतिक्रिया दिनुहोस्

    images