images
images
  • हिंस्रक बने हमासलाई नष्ट गरिदिने ट्रम्पको चेतावनी

    काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमास धेरै हिंसात्मक भएको आरोप लगाएका छन् ।

    साथै उनले हमासले आफूलाई सुधारेन भने ऊ नष्ट हुने चेतावनीसमेत दिएका छन् ।

    ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

    उनीसँग अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज पनि थिए ।

    ट्रम्पले भने, ‘हमास धेरै हिंसात्मक भएको छ। तर उनीहरूलाई अब इरानको समर्थन छैन । उनीहरूलाई अब कसैको समर्थन छैन ।’

    उनले थपे, ‘उनीहरूले राम्रो काम गर्नुपर्छ, गरेनन् भने तिनीहरू नष्ट हुनेछन् ।’

    इजरायल र हमासबीच हालै युद्धविराम घोषणा गरिएको थियो ।

    यद्यपि, गत हप्ता हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images