images
images
  • कुटपिटबाट एक युवकको मृत्यु, तीन जना पक्राउ

    बझाङ– बझाङमा कुटपिट गरी एक युवकको हत्या भएको छ ।

    जयपृथ्वी नगरपालिका–५ का २० वर्षीय अभिशेष थापाको मृत्यु भएको हो ।

    आइतबार राति उनीमाथि स्थानीय युवाहरूको समूहले कुटपिट गरेको थियो ।

    कुटपिटबाट गम्भीर घाइते भएका अभिशेषको बझाङमा उपचार हुन नसकेपछि धनगढी लगिएको थियो ।

    धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको हो ।

    सेनाका सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    तीनै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    गतवर्ष गाउँमै भलिबल प्रतियोगिता हुँदा विवाद भएको र सोही रिसइबीका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images