काठमाडौं– भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा ज्यान गुमाएका ७६ जनामध्ये अझै १२ जनाको पहिचान हुन सकेको छैन ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पहिचान भएका ५३ जनाका परिवारलाई जनही १५ लाख रुपैयाँ प्रदान गरिएको छ ।
तीमध्ये ३ जना प्रहरीसमेत छन् ।
अपरिचित १२ शवमध्ये अधिकांश आगलागीमा जलेर कंकाल बनेकाहरू हुन्, जसको डीएनए परीक्षणमा समस्या आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
भाटभटेनीका विभिन्न शाखामा मात्रै १२ जना जलेका थिए, चुच्चेपाटीमा ६, कोटेश्वरमा १, सुनसरीमा ४ र मोरङमा १ जना ।
यसअघि सेनाले आन्दोलनमा २२ जना प्रदर्शनकारी र अन्य ४१ जना असम्बन्धित व्यक्तिको मृत्यु भएको जनाएको थियो ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी १० जना कैदीको मृत्यु भएको पुष्टि पनि गरिएको छ ।
सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगमार्फत घटनाको छानबिन जारी राखेको छ ।
तर, अपरिचित १२ जनाका परिवार अझै सम्पर्कमा नआएपछि शव पहिचानमा समस्या बढेको छ ।























