काठमाडौं– नेपाल नर्सिङ संघले तिहारमा पनि आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।
संघका अनुसार आज कात्तिक ४ गतेदेखि देशभरका निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्नेछन् ।
न्यूनतम तलब र पेसागत हकहितका मागसहित आन्दोलनरत संघले चरणबद्ध कार्यक्रम अघि सारेको छ ।
१२ देखि १८ कात्तिकसम्म बिहान १० देखि १२ बजेसम्म अत्यावश्यकबाहेकका नर्सिङ सेवा बन्द गरिनेछ ।
संघले भनेको छ, ‘वार्ताले तत्काल निष्कर्ष ननिकाले पनि मन्त्रालयले कार्यदल र सातै प्रदेशमा अनुगमन समिति गठन गरेको कदमलाई स्वागत गर्दै विरोधका कार्यक्रम अघि बढाएका छौँ ।’
नर्सिङ संघले गत वैशाख २५ गते स्वास्थ्य मन्त्रालयमा मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
असोज ३१ गते पहिलो छलफल र कात्तिक २ गते बृहत बैठकपछि १५ बुँदे मागसहित आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको हो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्