काठमाडौं– नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।
उनले भनिन्, ‘माथि निरन्तर योजनाबद्ध प्रहार भइरहेको र त्यसले बुवा प्रचण्ड तथा पार्टीलाई असर पु¥याएकोले राजीनामा दिएकी छु ।’
गंगाले पार्टीको जिम्मेवार कार्यकर्ता भएर सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै सचिवालयमा रहँदा पाएको सहयोगप्रति धन्यवाद पनि दिइन् ।
साथै, आफूबारे सञ्चारमाध्यममा आएका भ्रामक समाचारप्रति ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्























