images
images
  • महिनौँ सम्पर्कविहीन पूर्वमन्त्री खड्का आफ्‌नै घर अगाडि प्रकट, आक्रोशित र निराश मिश्रित मुद्रामा के भने ?

    काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का सोमबार आफ्नो बुढानिलकण्ठ निवासमा प्रकट भए ।

    तर, भर्खरै गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का देश छाडेर भागिसके भन्ने दाबी गरेका थिए ।

    अर्यालले आफ्नो अन्तर्वार्तामा राज्य निकायहरूले गरेको अनुसन्धानमा आधारित भएर यस्तो टिप्पणी गरेको बताए ।

    उनले भने, ‘छानबिनको क्रममा व्यक्ति कहाँ छन्, के अवस्थामा छन्, त्यसको निगरानी राज्यले गर्छ ।’

    खड्काले भने आफू भागेको नभएको र सरकारले गलत प्रचार गरेको बताएका छन् ।

    उनी भन्छन्, ‘म ७–८ दिन सेनाको सुरक्षामा चितवन गएँ, त्यसपछि भारत उपचारका लागि गएको थिएँ । सरकारले समाजमा भ्रम सिर्जना गर्यो ।’

    भदौ २४ को जेनजी आन्दोलनमा खड्काको घर पनि जलाइएको थियो ।

    यसअघि खड्काकै दबाबमा तत्कालीन ऊर्जामन्त्रीको समयमा नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङ हटाइएको थियो ।

    जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङ नै ऊर्जामन्त्री बनेका छन् ।

    अर्यालले अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री केपी ओलीको चरित्रप्रति पनि आलोचना गर्दै उनलाई शैतानी प्रवृत्तिको व्यक्ति भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images