images
images
  • मोडल आँचल नाथको आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं– मोडल तथा टिकटककर आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

    प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

    प्रतिवादीहरुमा दैलेखका २६ वर्षीय सन्जु विक, रुकुमकी उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरस्वती भण्डारी, कैलालीकी २२ वर्षीया राजेश बुढा र लक्ष्मी बुढा छन् ।

    सञ्जु विक मात्रै पक्राउ परेका छन्, बाँकी चार जनालाई फरार प्रतिवादी बनाइएको छ ।

    उनीहरूविरुद्ध पाँच वर्षसम्म कैदको माग गरिएको छ ।

    २१ वर्षीया नाथ भक्तपुरको थिमिमा बस्दै आएकी थिइन् र टिकटकमार्फत प्रतिवादीहरूसँग चिनजान भएको थियो ।

    विवादपछि धम्की आएको दाबी नाथका काकाले प्रहरीमा जाहेरी दिएका थिए ।

    ९ असोजमा पेट्रोल छर्केर आगो लगाएर नाथ गंभीर घाइते भइ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकी थिइन् ।

    ११ असोजमा उनको मृत्यु भएको थियो ।

    अनुसन्धानपछि प्रहरीले धम्की दिनेहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउने सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images