काठमाडौं– हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपीन जोशीको शव आज कञ्चनपुर लगिने भएको छ ।
नेपाली सेनाका अनुसार, दिउँसो २ बजे इजरायलबाट काठमाडौं आइपुग्ने शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली दिइएपछि सेनाको विमानमार्फत धनगढी पुर्याइनेछ ।
त्यसपछि सुदूरपश्चिमका सैनिकहरूले कञ्चनपुर स्थित घरसम्म पुर्याउनेछन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाएको थियो ।
युद्धविरामपछि हमासले विपीनको मृत्यु पुष्टि गरी शव रेडक्रसमार्फत इजरायली सेनालाई सुम्पेको थियो ।
डीएनए परीक्षणपछि शव विपीनकै भएको पुष्टि भएपछि नेपाल पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्























