images
images
  • राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

    काठमाडौं– राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ताका लागि पुगेको छ, अध्यक्ष हिरा प्रसाद सेती छन् ।

    पार्टीको चुनावी चिह्न ‘क्रस खुकुरी’ तय गरिएको छ ।

    पार्टीले सामाजिक उदारवादलाई राजनीतिक दर्शनको रूपमा अंगीकार गरेको छ र युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरण संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आधारस्तम्भ मानेको छ ।

    दलको विधानअनुसार कुनै पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्र सेवा गर्न पाउनेछन् ।

    संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ ।

    प्रारम्भिक केन्द्रीय समितिमा २१ सदस्य रहेका छन् ।

    अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्ष मुना बिक, महासचिव गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images