
काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सिङ कर्मचारीको तलब वृद्धि गरेको छ ।
स्नातक तहका नर्सहरूको पारिश्रमिक ३७ हजार रुपैयाँ तोकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार नयाँ तलबमान कात्तिक १ गतेदेखि लागू हुनेछ ।
चालु आर्थिक वर्षमै दोस्रोपटक पारिश्रमिक पुनर्मूल्यांकन गर्दै वृद्धि गरिएको हो ।
स्वास्थ्यकर्मीको मनोबल र हित संरक्षणका लागि निरन्तर प्रयास जारी रहने अस्पतालले जनाएको छ ।
हाल विभिन्न अस्पतालका नर्सहरू सरकारले तोकेको न्यूनतम तलब नपाएको भन्दै आन्दोलनरत छन् ।
सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्