images
images
  • ‘परान’ ट्रेलर सार्वजनिक, सन्तानको सामीप्य खोज्दै एक बाबुको कथा

    काठमाडौं– कार्तिक १४ गते प्रदर्शनमा आउने फिल्म ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    राजधानीको रञ्जना हलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

    ट्रेलरले जीवनको उत्तरार्धमा सन्तानको सामीप्य खोजिरहेका एक बाबुको पीडा र भावनात्मक संघर्षलाई प्रस्तुत गरिएको छ ।

    बुढेसकालमा आमाबाले सन्तानको साथ चाहाने र सन्तानले आफ्नै आकांक्षा पछ्याउँदा उत्पन्न हुने पारिवारिक द्वन्द्वबारे फिल्मको मूल कथावस्तु बनेको छ ।

    फिल्ममा ‘निर शाह’ शीर्ष भूमिकामा छन् ।

    लामो समयपछि मुख्य भूमिकामा फर्किएका शाहको उपस्थितिले फिल्मप्रति दर्शकको विशेष चासो देखिएको छ ।

    डेब्यु निर्देशक ‘दीपकप्रसाद आचार्य’ (काकु) निर्देशित फिल्मको कथा पनि उनै आचार्यकै हो भने पटकथा र संवाद ‘यम थापा’ले लेखेका हुन् ।

    ‘बाइस्कोप सिनेमा प्रालि (गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त कम्पनी) द्वारा निर्मित फिल्ममा ‘महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ’ लगायतका कलाकारको अभिनय छ ।

    फिल्म पारिवारिक दर्शकका लागि भावनात्मक र सन्देशपूर्ण कृति हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images