
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न बनाइएको आयोगलाई आफूले बयान नदिने उल्लेख गरेका छन् ।
आइतबार सम्पादकहरुसँगको छलफलमा उनले यस्तो घोषणा गरेका हुन् ।
‘केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन,’ ओलीले भने ।
सरकारले भदौ २३ र २४ गतेको छटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्