
काठमाडौं– रामेछापमा टाटासुमो गाडी दुर्घटनामा परेको छ ।
चालकसहित चारजना सवार गाडी दुर्घटनामा परे पनि सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ ।
आज बिहान रामेछापको सुनापति गाउँपालिका- ३ स्वाराबाट काठमाडौं तर्फ आउँदै गरेको मे.१ ज २२८४ नम्बरको गाडी सुनापति ४ काे डम्फु पार्कको ओरालोमा दुर्घटनामा परेको हो ।
गाडी दुर्घटनामा परे पनि चालक धनबहादुर मगरसहित चारैजना यात्रु सकुशल रहेका प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्