
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गर्नुपर्ने माग गरेको छ ।
पार्टीले जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेसी, बुद्धिजीवी र राजनीतिक दललाई समेटेर सर्वपक्षीय interim सरकार गठन गर्नुपर्ने जोड दिएको छ ।
नयाँ सरकारले संविधान संशोधन, उच्चस्तरीय संविधान लेखन आयोग गठन गरी प्रत्यक्ष कार्यकारी प्रमुख व्यवस्था गर्दै राज्यको पुनर्संरचना गर्नुपर्ने नेकपाको भनाइ छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार, जेनजी आन्दोलनपछि बनेको सरकारले विद्रोही शक्तिलाई सन्तुष्ट पार्न सकेको छैन ।
नेकपाको केन्द्रीय कमिटीको विशेष बैठक असोज २६–३० गते कपिलवस्तुमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्