
काठमाडौं– नेपाली सेनाका उपरथी गणेश कुमार श्रेष्ठलाई रथीमा बढुवा गरिएको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णयअनुसार रिक्त रथी पदमा बढुवा भएका श्रेष्ठलाई आइतबार प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सेनाको भद्रकाली मुख्यालयमा बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको श्रेष्ठ पहिले सम्हार रथी विभागको प्रमुख थिए र २०८० साउन ३० गते उपरथीमा बढुवा भएका थिए ।
यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा २५ असोजबाट अवकाशमा गएका थिए भने प्रदीपजंग केसी बलाधिकृत रथी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्