
काठमाडौं– ओमानले साइबर अपराधमा संलग्न रहेको आरोपमा २० नेपालीलाई डिपोर्ट गरेको छ ।
तीमध्ये ११ जना नेपाल आइपुगिसकेका छन् भने बाँकी नौजना यसै साता फर्किने छन् ।
केही महिनाअघि ओमान प्रहरीले एकैदिन २६४ जनालाई पक्राउ गरेकोमा २० जना नेपाली थिए ।
अपराध पुष्टि भएपछि दुई जनालाई ६ महिना कैद र ६०० रियाल जरिवाना, बाँकी १८ जनालाई ६ महिना कैद र ३०० रियाल जरिवाना सजाय दिइएको थियो ।
सजाय पूरा गरेपछि उनीहरूलाई नेपाल पठाइएको हो ।
दूतावासका अनुसार उनीहरू सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगीमा संलग्न थिए ।
हाल ओमानमा करिब २५ हजार नेपाली काम गर्दै छन्, जसमा आधाभन्दा बढी महिला छन् ।
प्रतिक्रिया दिनुहोस्