
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केही साताअघि जेन–जी सरकारले स्वास्थ्यमन्त्री बनाउने चर्चामा रहेकी मिश्रामाथि स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा गरिएको खरिदसम्बन्धी अनियमितताका आधारमा मुद्दा पेश गरिएको अख्तियार स्रोतले जनाएको छ ।
मामिला विशेष अदालतमा दर्ता प्रक्रिया भइरहेको आयोगले जनाएको छ ।
सरकारले उनलाई स्वास्थ्य सचिव नबनाई डा. विकास देवकोटालाई नियुक्त गरेपछि मिश्राले बिदा लिएकी थिइन् ।
जेन–जी सरकार बनेपछि स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम चर्चामा आए पनि अख्तियारले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएपछि उनले राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्