images
images
  • गोली प्रहार गरी पुजारीको हत्या

    सप्तरी– सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या गरिएको छ ।

    आइतबार (कात्तिक २) बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी ७३ वर्षीय पुजारी रामदुलार साहको हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

    गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए ।

    अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको थियो ।

    घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

    जिल्ला र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

    घटनास्थलमा गोलीका दुई खोका फेलापरेको प्रहरीले जनाएको छ ।

    शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं एसपी गौतमकुमार केसीले जानकारी दिए ।

    उनका अनुसार, सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्

    images