images
images
  • विप्लवलाई प्रश्न– माओवादीसँगको एकताबारे के भइरहेको छ ?

    काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको बैठकले महासचिव विप्लवको राजनीतिक प्रस्ताव सर्वसम्मत पास गर्दै नयाँ केन्द्र बनाउने निर्णय गरेको हो ।

    बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

    बैठकले आगामी निर्वाचन, पार्टी एकता, कम्युनिस्ट केन्द्र, सरकारप्रतिको धारणा, आगामी कार्यक्रमलगायत विभिन्न महत्त्वपूर्ण प्रस्तावमा निर्णय गरेको स्थायी समिति सदस्य अनिल शर्माले बताए ।

    नेकपाले नयाँ कम्युनिस्ट केन्द्र महासचिव विप्लवकै नेतृत्वमा बनाउन पहल गर्ने जनाएको छ ।

    माओवादीसँगको एकता विषय पनि छलफलमा उठेको भन्दै छलफलको लागि सकारात्मक रहेको बताए ।

    बैठकका निर्णय आगामी कार्तिक २ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरेको छ ।

    नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध एकीकृत समाजवादी, नेकपा र महेन्द्र यादव नेतृत्वको नेसपासँग तिहारलगत्तै एकता हुने दाबी गरेका छन् ।

    तर नेकपाको बैठकमा नेताहरूले माओवादीसँग एकताको विषय उठेको भएपनि ठोस निर्णय नगरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images