images
images
  • काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठक सम्पन्न, १५ वटा प्रस्ताव पारित

    काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार भएको ४३ औँ कार्यपालिका बैठकमा १५ वटा विभागीय र विविध प्रस्ताव पारित भएको छ ।

    बैठकमा वातावरण व्यवस्थापन विभागले पेश गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन वडा ५ टंगालको व्यवसायिक भवन, वडा १ दरबारमार्गको शेर्पा मल भवन र नक्सालको कुमारी बैंक भवन स्वीकृत भए ।

    प्रशासन विभागले कलंकी मालपोत कार्यालयलाई १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख अनुदान दिने प्रस्ताव पास गरियो ।

    सामाजिक विकास विभागले बालकल्याण अधिकारी नियुक्ति र सिप तथा तालिम परिषद् स्थापना सम्बन्धी सहमति दिएको छ ।

    स्वास्थ्य विभागले एम्बुलेन्स सेवा सम्झौता नविकरण र १० स्वास्थ्य प्रवर्द्धन केन्द्रमा थप जनशक्ति व्यवस्थापन गर्ने निर्णय गर्यो ।

    कानुन तथा मानव अधिकार विभागले राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका २०८२ स्वीकृत गरेको छ भने सूचना प्रविधि विभागले सफ्टवेयर विकास केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापन प्रस्ताव पारित गरियो ।

    सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार र डबली क्षेत्रका मर्मत कार्यहरू पूरा गर्न बाँकी काम स्थानान्तरण गर्ने निर्णय गर्यो ।

    अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले CITYNET बैठकमा सहभागिका लागि वडा १६ की रोजिना श्रेष्ठलाई मनोनयन गर्यो ।

    सहरी योजना आयोग सचिवालयले सुरज शाक्य र सुमन प्रधानलाई सदस्य नियुक्ति गर्ने प्रस्ताव पास गर्यो ।

    विविध प्रस्तावअन्तर्गत ३५ गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि अनुदान र यन्त्र तथा उपकरण महाशाखाका कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गर्ने निर्णय पनि भएको छ ।

    यससहित ४३ औँ कार्यपालिका बैठक सम्पन्न भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images