images
images
  • ७ जना एसपीको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

    काठमाडौं– नेपाल प्रहरीले सात जना एसपीहरूको काज सरुवा गरेको छ ।

    आईजीपी चन्द्रकुवेर खापुङले सरुवाको निर्णय गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवर र रौतहटमा रविन कार्कीलाई पदस्थापन गरिएको छ ।

    धनुषामा कार्यरत नरहरि रेग्मी प्रहरी प्रधान कार्यालयमा, र रौतहटका नेत्रमणि गिरी उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

    रेग्मी र गिरी २०८२ वैशाख १५ मा जिल्ला गएका थिए ।

    मानव बेचबिखन ब्युरोमा विश्वराज खड्का, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया, र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा मुकुन्द रिजाललाई पठाइएको छ ।

    धनुषा पठाइएका कुँवर पहिले मानव बेचबिखन ब्युरोमा कार्यरत थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images