काठमाडौं– मन्त्रिपरिषद् बैठकले बिहीबार गरेका २० निर्णय सार्वजनिक गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
बैठकले ११ देशका राजदूत फिर्ता बोलाउने, विशेष अदालत रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट पदमा बढुवा गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवा लगायत निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्























