काठमाडौं– काठमाडौं महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकारबीच विवाद भएको छ ।
बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न भाडा सम्झौता गर्ने प्रस्ताव प्रस्तुत हुँदा वडाध्यक्षले पहिले महानगरको आफ्नै भवन बनाउनुपर्ने भन्दै आपत्ति जनाए ।
उनले नगर प्रहरीको ब्यारेक निर्माण नहुँदै अन्य जग्गामा खर्च गर्नु उचित नभएको बताएका थिए ।
मेयर बालेनले निर्माण तिहारपछि सुरु हुने जानकारी दिए ।
वडाध्यक्षले अदालतमा मुद्दा चलिरहेकाले सम्झौता तत्काल नगर्ने सुझाए ।
विवादका क्रममा दुबैबीच तिहार कहिले सुरु हुने भन्ने विषयमा तर्क चलेको थियो ।
अन्ततः मेयरले वडाध्यक्षको कुरा कटौती गर्दै अर्को प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्























