images
images
  • रूसको राजधानीमै प्रहार गर्ने विध्वंसक टोमहक मिसाइ लिन अमेरिका पुगे जेलेन्स्की

    काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्दै छन् ।

    भेटमा युक्रेनलाई २,५०० किलोमिटर दूरीसम्म पुग्ने टोमहक मिसाइल दिने विषयमा छलफल हुने छ ।

    अघिल्लो दिन ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्दै प्रगति भएको बताएका थिए र दुई हप्ताभित्र हंगेरीमा प्रत्यक्ष भेट हुने संकेत दिएका छन् ।

    तर, उनले टोमहक मिसाइल आपूर्ति सन्दर्भमा निर्णय गर्न अझै सकिएको छैन भनी स्पष्ट पारेका छन् ।

    पुटिन–ट्रम्प वार्तापछि ट्रम्पले अमेरिका–रुसबीच व्यापार र शान्तिप्रक्रियाका विषयमा छलफल हुने जानकारी दिएका छन् ।

    युरोपियन नेताहरूले पनि संवादमार्फत शान्ति कायम गर्नुपर्ने बताएका छन् ।

    त्यसैबीच, वार्ताभन्दा केही घण्टा अघि रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको थियो ।

    अमेरिकी राजदूत ओल्गा स्टेफानिशिनाले लामो दूरीका हतियार र कडा प्रतिबन्ध आवश्यक रहेको बताएका छन् ।

    हालको भेटलाई टोमहक आपूर्ति र रुस–युक्रेन शान्तिप्रक्रियासँग जोडेर हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images