काठमाडौं– जेनजी युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।
उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर दल सार्वजनिक गर्ने तयारी गरेका छन् ।
ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने एजेन्डासहित दल दर्ता गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भइसकेको जानकारी दिएका छन् ।
जेन्जी आन्दोलनपछि ढुंगाना चर्चामा आएका प्रमुख युवा नेतामध्येका हुन् ।
प्रतिक्रिया दिनुहोस्























