काठमाडौं– बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेको छ ।
उनीमाथि गत वर्ष विद्यार्थी प्रदर्शन दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको हो ।
ती प्रदर्शनहरू हिंसात्मक बन्दा सुरक्षा बलको कारबाहीमा करिब १,४०० जनाको मृत्यु भएको थियो ।
हिंसापछि हसिना सत्ताच्युत भइ भारतमा शरण लिएकी छिन् ।
एक अडियो क्लिपमा उनले सुरक्षा बललाई ‘घातक हतियार प्रयोग’ गर्न आदेश दिएको आरोप छ, तर हसिनाले आरोप अस्वीकार गरेकी छन् ।
अभियोजक ताजुल इस्लामका अनुसार, “हसिनाले १,४०० मृत्युदण्ड पाउनुपर्ने भए पनि कम्तीमा एकपटक मृत्युदण्डको सजाय माग गरिएको हो ।”
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















