images
images
  • कांग्रेस, एमाले, माओवादी र रास्वपा लगायतका दलहरू मिलेर सर्वपक्षीय सरकार गठनमा जोड

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा सर्वपक्षीय राष्ट्रिय सरकार गठनको प्रस्तावले चर्चा पाएको छ ।

    ललितपुरमा जारी दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि छलफल भइरहेका क्रममा अधिकांश वक्ताले राजनीतिक स्थिरता र लोकतान्त्रिक मार्गमा फर्किने आवश्यकता औंल्याएका छन् ।

    बैठकमा केन्द्रीय सदस्य महेश बर्तौलाले जेनजी आन्दोलनपछि मुलुक अलोकतान्त्रिक दिशातर्फ गएको भन्दै संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन र संविधान संशोधन आवश्यक रहेको बताए ।

    उनका अनुसार, यस्तो सरकारले ताजा जनादेशका लागि अर्ली इलेक्सनको तयारी गर्नुपर्छ र यसको नेतृत्व एमालेले गर्नुपर्छ ।

    त्यसैगरी केन्द्रीय सदस्य मोहनमाया ढकालले जनताको असन्तुष्टि बुझ्न नेतृत्व संवेदनशील हुनुपर्ने बताइन् ।

    स्थानीय तहका प्रतिनिधिलाई जनताको गुनासा सबैभन्दा पहिले सुनिनेदेखि नेतृत्वसम्मको समन्वय जरुरी भएको उनको भनाइ थियो ।

    उनले महाधिवेशन नजिकिएको अवस्थामा अध्यक्षको राजीनामा माग्ने कुरा बेमौसमी भएको टिप्पणी गरिन् ।

    बैठकको पहिलो दिन ५० र दोस्रो दिनसम्म ४० जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images