काठमाडौं– निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो ।
छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन् ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा सहभागी छन् ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्























