images
images
  • झापाली एमालेले मागे ओलीको राजीनामा

    काठमाडौं– गृह जिल्ला झापाका नेता रविन कोइरालाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

    बिहीबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा कोइरालाले ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने भन्दै राजीनामा मागेका हुन् ।

    ओली झापा दमकका हुन् भने कोइराला बाहुनडाँगीका हुन् ।

    केन्द्रीय कमिटीका एक नेताका अनुसार उनले दोस्रो दिनको बैठकमा ओलीको राजीनामा मागेका हुन् ।

    ‘अध्यक्ष कमरेड तपाईंले बिदा लिएर अब पार्टीको अभिभावक भएर बस्नुहोस् । महाधिवेशनसम्म एकजना संयोजक तोकेर जानुपर्छ, यसरी पार्टी अगाडि बढ्दैन’, बैठकमा नेता कोइरालाले भने, ‘नैतिक हिसाबले अध्यक्ष कमरेडले बिदा लिएको राम्रो हुन्छ। संयोजक तोकेर एघारौं महाधिवेशन गरौं ।’

    कोइराला झापा एमालेमा दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images