images
images
  • ३० जना इसाई पक्राउ

    काठमाडौं– चीनले भूमिगत गतिविधि गरेको भन्दै एक हप्तामै ३० जना इसाईलाई पक्राउ परेको छ ।

    बेलायती विश्व समाचार च्यानल बीबीसीका अनुसार जिओन चर्चका गतिविधिलाई शंका गर्दै चीनले पक्राउ गरेको हो ।

    पछिल्ला दशकमा इसाईमाथिको सबैभन्दा ठूलो धरपकड यही भएको बीबीसीले उल्लेख गरेको छ ।

    तीन करोडभन्दा धेरै चिनियाँ इसाई भएको र ६० लाख क्याथोलिक भएको बीबीसीले उल्लेख गरेको छ ।

    सन् २००५ र सन् २०१८ मा पनि इसाईमाथि चीनले निगरानी र नियन्त्रण बढाएको थियो ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले इसाईजस्ता विदेशी धर्मको चिनियाँ करण हुनुपर्ने सार्वजनिक रुपमा बताएका थिए ।

    चीनले अन्धविश्वासलाई प्रवर्द्धन गरेको भन्दै धेरै पादरीलाई पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images