काठमाडौं– गत शुक्रबार र शनिबारको भारी वर्षापछि आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ६० पुगेको छ ।
मृतकमध्ये १९ पुरुष, २६ महिला र १५ नाबालक रहेको प्रहरीले जनाएको छ ।
सबैभन्दा बढी मृत्यु इलाममा भएको छ, जहाँ ३७ जनाको ज्यान गएको छ ।
पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा प्रत्येक १, र काभ्रेमा २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्