images
images
  • भिजिट भिसामा आफन्त, साथीभाइ नयाँ नियम लागू

    काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार वा आफन्त लैजाने प्रक्रियामा नयाँ नियम लागू गरेको छ ।

    अब स्पोन्सरको आम्दानी स्तर बलियो हुनुपर्नेछ ।

    नयाँ व्यवस्थाअनुसार भिजिट भिसा स्पोन्सर गर्न इच्छुक व्यक्तिको मासिक तलब कम्तीमा ४ हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्नेछ, नाताको आधारमा फरक–फरक सीमा तोकिएको छ ।

    बुबा–आमा, श्रीमान–श्रीमती वा छोराछोरीलाई लैजान न्यूनतम ४ हजार दिराम तलब आवश्यक छ ।

    हजुरबा–हजुरआमा, दाजुभाइ–दिदीबहिनी, नाति–नातिनी वा अन्य नजिकका आफन्तका लागि ८ हजार दिराम र नातेदार बाहेकका साथीभाइलाई घुम्न लैजान १५ हजार दिराम तलब हुने व्यक्ति मात्र स्पोन्सर गर्न योग्य हुनेछन् ।

    भिसा आवेदनका लागि नाता प्रमाणित कागजात, कम्तीमा ६ महिनाको म्याद भएको पासपोर्ट र फिर्ती यात्रा टिकट पेस गर्नुपर्नेछ ।

    युएईले भिजिट भिसा प्रक्रियामा पारदर्शिता र व्यवस्थापन सुधार गर्न यो नियम लागू गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images