काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा बाहिरिन सुरु भएको छ ।
लुम्बिनीको पश्चिमी भू–भागका धेरै स्थान र गण्डकीको पश्चिमी भू–भागका केही स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ ।
मनसुनी वायु कमजोर हुँदै गएकाले बाँकी भू–भागबाट केही दिनमै मनसुन बाहिरिन सक्ने सम्भावना छ ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुलाई १३ र बाहिरिने औसत मिति अक्टोबर २ हो ।
यस वर्ष मनसुन मे ३० (जेठ १६) मा भित्रिएको थियो र अक्टोबर ६ (असोज २०) देखि बाहिरिन सुरु भएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्