images
images
  • फ्रान्सका प्रधानमन्त्रीले महिना दिन नपुग्दै दिए पदबाट राजीनामा

    काठमाडौं– फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पदभार सम्हालेको महिना नपुग्दै सोमबार राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग भेट गरी राजीनामा दिएका छन् ।

    उनी २६ दिनअघि मात्रै पूर्वप्रधानमन्त्री फ्राँस्वा बैरुको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए ।

    उनको नयाँ मन्त्रिपरिषद् पुरानै स्वरूपको भएको भन्दै संसदका विभिन्न दलले आलोचना गरेका थिए, जसका कारण सरकारले विश्वासको मत पाउने अवस्था गुमाएको थियो ।

    अहिले राजनीतिक दलहरूले मध्यावधि निर्वाचनको माग गरिरहेका छन्, केहीले राष्ट्रपति म्याक्रोंले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।

    तर म्याक्रोंले २०२७ सम्म पद छोड्ने योजना नरहेको दोहोर्‍याएका छन् ।

    फ्रान्समा २०२४ को जुलाईमा भएको आकस्मिक संसदीय निर्वाचनपछि राजनीतिक अस्थिरता बढेको छ ।

    लेकोर्नु पहिले रक्षा मन्त्री थिए र म्याक्रोंका नजिकका सहयोगी मानिन्थे। उनी पछिल्ला दुई वर्षमा फ्रान्सका पाँचौँ प्रधानमन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images