images
images
  • अपडेट : दलित बस्ती भत्काएपछि वडाध्यक्षसहित १३ जनाविरूद्ध जाहेरी

    काठमाडौं– सिराहामा आपसी विवादका क्रममा घर भत्काउने घटनामा कल्याणपुर–८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवको जाहेरी परेको छ ।

    सोमबारसम्म ३ जना पक्राउ परिसकेका छन् भने बाँकीको खोजी जारी छ ।

    एसपी अनन्तराज शर्माका अनुसार दशैंमा दुर्गा पूजा अवसरमा दलित समुदायसँग विवाद हुँदा अनधिकृत जग्गामा रहेको ४–५ घर भत्काइयो ।

    तीमध्ये ३ घर पूर्णरूपमा नष्ट भएका छन् भने २ मा आंशिक क्षति पुगेको छ ।

    लुटपाटसम्बन्धी जानकारी पनि आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images