images
images
  • जेनजी आन्दोलनको फ्रन्ट लाइनमा आन्दोलित युवाले गरे आफ्नै आमाको हत्या

    काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ की ५५ वर्षीय राममाया कँडेलको हत्या गर्ने आरोपमा उनका छोरा ३० वर्षीय यमबहादुर कँडेल पक्राउ परेका छन् ।

    जिल्ला प्रहरीका अनुसार यमबहादुरले आइतबार राति धारिलो हतियारले आमालाई घाँटी र छातीमा प्रहार गरी हत्या गरेका थिए ।

    घटनास्थलबाट हतियारसहित नियन्त्रणमा लिइएको छ ।

    यमबहादुर भदौ २३–२४ गतेको जेन्जी आन्दोलनका भिडिओमा देखिएका थिए ।

    आन्दोलन पश्चात् उनको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    घटनाले स्थानीय समुदाय स्तब्ध बनाएको छ र प्रहरीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images