images
images
  • अविरल वर्षाले अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि पुनः सञ्चालनमा

    बागमती– अविरल वर्षाले अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ र हेटौंडा–पालुङ–नौबिसे सडक खण्डमा खसेका पहिरो पन्छ्याएपछि सवारीसाधन आवागमन सुरु भएको हो ।

    तर, भीमफेदी–कुलेखानी–सिस्नेरी र कान्ति लोकपथ सडक भने अझै अवरुद्ध छन् ।

    डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले यातायात सञ्चालनमा आउन नसकेको सापकोटाले बताए ।

    बगाएको सडक पुनर्निर्माण र पहिरो पन्छ्याउने काम जारी रहेको उनले जानकारी दिए ।

    त्यस्तै, कान्ति लोकपथको बगुवा खोलासम्मको भागमा पनि पहिरोले सडक क्षति पुर्‍याएको र मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images