images
images
  • कांग्रेस विशेष महाधिवेशनमार्फत देउवालाई नेतृत्वबाट हटाउने रणनीतिमा शेखर–गगन पक्ष

    काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वानको तयारी तीव्र भएको छ ।

    केन्द्रीय समिति बैठक बस्नुअघि नै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको मागपत्र पेश गर्ने तयारी भएको छ ।

    सभापति शेरबहादुर देउवाले असोज २६ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।

    पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउने दुई विधि छन् ।

    पहिलो– केन्द्रीय समितिले आवश्यक ठानेमा, दोस्रो– ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित लिखित माग गरेमा ।

    असोज ६ देखि सुरु गरिएको हस्ताक्षर अभियानमा नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर प्रतिनिधिहरू सक्रिय छन् ।

    उनीहरूले ४० प्रतिशतभन्दा बढी हस्ताक्षर जुटिसकेको दाबी गरेका छन् ।

    १४औं महाधिवेशनका ४,७४३ प्रतिनिधिमध्ये कम्तीमा १,८९८ जनाको हस्ताक्षर आवश्यक छ ।

    माग स्वीकृत भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

    जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व पुनर्गठनको आवाज बढिरहेका बेला डा. शेखर कोइराला र महामन्त्री थापाबीच पछिल्लो तयारीबारे आज भेटवार्ता तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images