images
images
  • माओवादी सचिवालय बैठक आह्वान, कुन–कुन एजेन्डामा हुँदैछ छलफल ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आगामी सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

    बैठकका बारेमा जानकारी दिँदै सचिवालय सदस्य हरिबोल गजुरेलले महाधिवेशनको मिति निर्धारण र प्रतिनिधि छनोटलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

    यसअघि असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले वर्तमान केन्द्रीय समिति विघटन गर्दै मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    सो बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको र पूर्व पदाधिकारीहरुलाई सचिवालयमा रूपान्तरण गर्ने निर्णयसमेत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images