images
images
  • दलित बस्ती उजाड पार्ने वडाध्यक्ष पक्राउ, आपराधिक उपद्रव मुद्दा दर्ता

    जनकपुरधाम– सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।

    दलित समुदायका पीडितले यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गराएका थिए ।

    सिरहा प्रहरीका एसपी अनन्तराम शर्माका अनुसार सोधपुछका लागि बोलाइएका वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

    यादवसहित तीनजनालाई पक्राउ गरिएको र अन्य फरारको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    गत शुक्रबार साँझ ठूलो पोखरीको उत्तरपट्टीमा रहेका शोभित, विन्दे, अशोक, राजकुमार र रासलाल पासवानका घर तोडफोड तथा लुटपाट गरिएको थियो ।

    पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंहलगायत करिब २५ जनाको समूहले प्रहरीकै अगाडि तोडफोड गरेका थिए ।

    विश्वकर्मा पूजाका दिन दलित समुदायसँग भएको विवादपछि प्रतिशोधस्वरूप घटना भएको स्थानीयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images