images
images
  • विप्लव नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठक आह्वान

    काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असोज २६ देखि २८ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    पोलिटब्यूरो सदस्य असल सीका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीहरूबीचको एकता र ध्रुवीकरणबारे छलफल हुनेछ ।

    उनले २३ गते स्थायी कमिटी बैठक पनि बस्ने जानकारी दिए ।

    नेकपा (माओवादी केन्द्र) ले हालै केन्द्रीय कमिटी भंग गरी महाधिवेशन आयोजक कमिटी घोषणा गरेको र विशेष महाधिवेशनको तयारी थालेको सन्दर्भमा, विप्लव नेतृत्वको पार्टीको बैठकमा त्यससँगको सम्भावित एकताबारे पनि चर्चा हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images