images
images
  • दार्जिलिङमा भारी वर्षा : ७ जनाको मृत्यु, भ्रमणमा नजान स्थानीय प्रशासनको आग्रह

    काठमाडौं– शनिबार परेको भारी बर्षाले दार्जिलिङमा ७ जनाको निधन हुनुका साथै सिलिगुडी र मिरिक जोड्ने एक मात्र दुधेको फलामे पुल भत्किएको छ ।

    गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले हिल स्टेशनमा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना नभएसम्मका लागि सबै पर्यटकीय स्थलहरू बन्द गर्ने घोषणा गरेको छ ।

    बर्षाका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

    जिल्ला प्रशासनले बासिन्दा र पर्यटक दुवैलाई घर भित्रै रहन र अत्यन्त आवश्यक परेमा मात्र बाहिर निस्कन आग्रह गरेको छ ।

    दार्जिलिङलाई सिलिगुडीसँग जोड्ने प्रमुख मार्गहरू काटिएका छन् ।

    पहिरोले खस्र्याङको डिलाराम र व्हिसल खोलामा मुख्य सडक अवरुद्ध गरेको छ भने अर्को महत्त्वपूर्ण बाटो जोड्ने रोहिणी मार्ग नराम्ररी क्षतिग्रस्त भएको छ ।

    त्यस्तै, पुलबजार पुल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ, जसले थानालाइन र बिजनबारीका अन्य भागहरूलाई दार्जिलिङबाट काटेको छ ।

    भारी पहिरोका कारण चित्रेमा राष्ट्रिय राजमार्ग–१० पनि बन्द गरिएको छ ।

    दार्जिलिङका प्रहरी उपरीक्षक प्रवीण प्रकाशले मुख्य सडकहरूमा पुनर्स्थापनाको काम भइरहेको बताए ।

    ‘व्हिसल खोला र दिलारामका सडकहरू खाली गरिँदैछन् ।

    खुलेपछि, हामी सवारी साधनलाई खर्सियाङबाट हिल कार्ट रोड प्रयोग गर्न अनुमति दिनेछौं ।

    त्यतिन्जेलसम्म यातायात बन्द रहनेछ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images