images
images
  • केन्द्रीय बैठक बस्ने स्थान पाएन एमालेले

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक असोज २७–२९ गते बस्ने गरी बोलाइएको छ ।

    बैठक कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन ।

    भदौ २४ गते च्यासलस्थित केन्द्रीय कार्यालयमा भएको आगलागीका कारण उक्त स्थानमा बैठक बस्न सकेको छैन ।

    एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार दशैँ बिदा सकिएलगत्तै नयाँ बैठक स्थान खोज्ने तयारीमा छ ।

    एमालेले असोज १९–२० का लागि तोकेको केन्द्रीय सचिवालय बैठक असोज २४ गते सारिएको छ ।

    जसले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।

    पार्टीमा करिब ३५५ केन्द्रीय सदस्य रहेका छन् ।

    जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढे पनि उनी सहजै छाड्ने पक्षमा छैनन् ।

    महाधिवेशन मार्फत पुनः अध्यक्ष बन्ने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images