images
images
  • माओवादी सचिवालय बैठक आह्वान

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ ।

    सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

    उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो ।

    यस्तै माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images