images
images
  • तीन जिल्लाको पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ३२ बेपत्ता

    काठमाडौं– अविरल वर्षाका कारण देशका तीन जिल्लामा पहिरोले ठूलाे जनधन क्षति पुर्‍याएको छ ।

    शनिबार र आइतबार मात्रै उदयपुर, रौतहट र इलाममा गरी २२ जनाको ज्यान गएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पहिरोबाट इलाममा सबैभन्दा बढी १८ जनाको मृत्यु भएको छ ।

    उक्त जिल्लामा सात जना बेपत्ता छन् भने ६ जनालाई सकुशल उद्धार गरिएको छ ।

    त्यसैगरी, रौतहटमा तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा एक जनाको ज्यान गएको घिमिरेले जानकारी दिए ।

    उदयपुरमा २१ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images