images
images
  • इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु

    विराटनगर– अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ ।

    हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते भएकी गर्भवतीलाई उद्दार गर्न नेपाली सेनाको हेलिकोप्टर गएको छ ।

    माङसेबुङकी गर्भवती उद्दार गर्न क्याटेन भुपेन्द्र शाही नेतृत्वको टोली हेलिकोप्टर लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।

    इलाम सूर्योदय नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।

    माइसेबुङ गाउँपालिकामा पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images