
काठमाडौं- साउदी सरकारले पुरानो रोजगारदाता छाडेर बस्दा ‘काममा अनुपस्थित’ भएका श्रमिकलाई नयाँ रोजगारदातासँग काम गर्न पाउने नियम लागू गरेको छ ।
मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको कानुनी हैसियत पुनः स्थापित गर्ने उद्देश्यले १८ सेप्टेम्बर २०२५ देखि किवा अनलाइन प्लेटफर्ममार्फत यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
नियमअनुसार ६० दिनको ग्रेस पीरियड पाएका, करार अवधि सकिएका वा करार तोडिएका तथा १८ सेप्टेम्बर अघि अनुपस्थित रिपोर्ट भएका श्रमिकले नयाँ रोजगारदाता रोज्न पाउनेछन् ।
यसका लागि नयाँ रोजगारदाताले श्रम परमिट शुल्क व्यहोर्नुपर्नेछ र श्रमिकले कम्तीमा १२ महिना साउदीमा काम गरेको हुनुपर्नेछ ।
मन्त्रालयका अनुसार यसले श्रमिकको अधिकार सुरक्षित गर्ने, श्रम बजार प्रतिस्पर्धी बनाउने र नियम पालनामा मद्दत गर्नेछ ।
हाल साउदीमा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्