images
images
  • जर्मनको आकाशमा शंकास्पद सैन्य ड्रोन, उडान रद्द

    काठमाडौं- जर्मनीको दोस्रो व्यस्त म्युनिख एयरपोर्टमा बिहीबार साँझ धेरै ड्रोन देखिएपछि खैलाबैला भएको छ ।

    ड्रोन देखिएपछि एयरपोर्ट अस्थायी रूपमा बन्द गर्नुपरेको र १७ वटा उडान रद्द भएको एयरपोर्ट प्रशासनले जनाएको छ ।

    यस क्रममा करिब ३ हजार यात्रु प्रभावित भएका छन् भने अन्य १५ उडानलाई विभिन्न सहरतर्फ मोडिएको थियो ।

    जर्मन हवाई यातायात नियन्त्रण अधिकारीहरूले बिहीबार राति १०:१८ बजेदेखि सम्पूर्ण उडानमा रोक लगाएका थिए ।

    हालसम्म ड्रोन कहाँबाट आएको भन्ने पत्ता लागेको छैन र अनुसन्धान जारी छ ।

    यसअघि गत हप्ता डेनमार्कका विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि १० हजार यात्रुको यात्रा प्रभावित भएको थियो ।

    डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले यस्ता घटनामा रुस संलग्न हुन सक्ने भन्दै युरोपले एन्टी–ड्रोन प्रणाली बलियो बनाउनुपर्ने बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images